YouTube Link

देशभरका विभिन्न स्थानमा लागूऔषध सहित चार जना पक्राउ

World Cup 2026
Facebook Link

 

काठमाडौं: देशभरका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

झापाको विर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित बाह्रदर्शी गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

यस्तै, सुर्खेतको भेरीगंगा नगरपालिका-१० तोली खोलाबाट अबैध लागूऔषध हेरोइन करिब ३ ग्राम ४४ मिलिग्रामसहित सोही नगरपालिका-१३ बस्ने २० वर्षीय किरण चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय छिन्छुबाट खटिएको प्रहरीले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको बा.४ ख ५३२८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त हेरोइन सहित फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो ।

 

यसैगरी, बाँकेको खजुरा गाउँपालिका-७ बठवा चोकबाट अवैध लागूऔषध गाँजा करिब ५० ग्रामसहित सोही गाउँपालिका-४ डि गाउँ बस्ने १९ वर्षीय सुशान्त गुरुङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त गाँजा खजुरा गाउँपालिका-७ बठवा बस्ने २५ वर्षीय रहिस दर्जीको घरबाट किनी ल्याएको बताएपछि दर्जीको घरबाट थप ६ केजी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । हाल फरार दर्जीको प्रहरीले खोजी गरिरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...