YouTube Link

देशभर बाढी-पहिरोमा परि ४३ जनाको मृत्यु, कोशी व्यारेजका सबै ढोका खोलियो

World Cup 2026
Facebook Link

काठमाडौं: तीन दिनदेखिको वर्षापछि आएको बाढी र पहिरोमा परी देशभर ४३ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता छन् ।

पछिल्लो तथ्याक अनुसार ललितपुर, भोजपुरमा, खोटाङ, काठमाडौं, काभ्रे, धादिङमा, झापा, सिन्धुली, रामेछाप, ओखलढुंगा, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, बारा र पर्सामा बाढी र पहिरोबाट २० जिल्ला बढी प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ । उपत्यकाका अधिकांश ठाउँ, पूर्वी र मध्य तराईका धेरैजसो जिल्ला डुबानमा परेका छन् भने बाढी र पहिरोले दर्जनौं ठाउँमा यातायात अवरुद्ध भएको छ ।

राजधानी जोड्ने विभिन्न राजमार्गमा पहिरो जाँदा काठमाडौंबाट बाहिरिएका र भित्रिने हजारौ यात्रु अलपत्र परेका छन । डुबानका कारण तराईका जिल्लामा खानेपानीको समस्या हुन थालेको गृह मन्त्रालयले जनाएको छ । अविरल पानी परिरहँदा नदी र खोलाहरूमा बहाव बढ्दै गइरहेको छ ।

यसैबीच सप्तकोशी नदीमा पानीको स्तर उच्च भई पुललाई नै खतरा भएपछि कोशी व्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको छ । गएराती १० बजे नेपाल पक्षको अनुरोधमा भारतले सबै ढोका खुल्ला गरेको भण्डाटावारीस्थित सशस्त्र प्रहरी वलका इन्स्पेक्टर सुरेन्द्र भण्डारीले जानकारी दिए । राती ९ बजेको मापन अनुसार पानीका वहाव ३ लाख ७१ हजार एक सय १० क्यूसेक पुगेको छ ।

पानी निरन्तर परिरहेकाले कोशीको जलस्तर बढ्दोक्रममा रहेको उनले बताए । कोशीको पानीको वहाव मापनको कन्ट्रोल भारतको हातमा रहेको छ । बढि ढोका खोल्दा विहारका जिल्ला ढुवानमा पर्ने भन्दैं भारतले विगत बर्षहरुमा सबै ढोका खोल्न मान्दैंन थियो । ५६ वटै ढोका खोल्न भारत तयार भएको पहिलो पटक हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...