नेकपा (माओवादी केन्द्र)ले भोलि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै
वि.सं.२०७९ कात्तिक १३ आइतवार १७:४०
3.8K
shares
काठमाडौं: राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक गर्ने भएको छ ।
माओवादीले (भोलि) सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ ।
यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भएपनि संविधान निर्माणका क्रममा सहमति खोज्न भन्दै संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री प्रणाली स्वीकार गरेको थियो ।
विसं २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वामगठबन्धन गरेर झण्डै दुई तिहाई जनमत प्राप्त गरे पनि दुई-दुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको प्रसङ्ग माओवादीले प्रतिबद्धतापत्रमा राखेको सो पार्टीले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक १३ आइतवार १७:४०



















