YouTube Link

अबिरल बर्षाका कारण बाढी पहिरो र डुवानमा परि १८ जनाको मृत्यु, शनिबार दिउँसोदेखि आइतबारसम्म देशभर वर्षा जारी रहने

Facebook Link

काठमाडौं: तीन दिनयताको अविरल वर्षाका कारण निम्तिएको विपत्तिमा परी १८ जनाको ज्यान गएको छ । बाढि, डुबान तथा पहिरोमा परी १८ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते र ५ जना बेपत्ता भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बाढी र पहिरोका कारण करिब १२ सय घरपरिवार विस्थापित भएका छन् भने १ सय ५३ जनाको आपत्कालिन उद्धार गरिएको जनार्इएको छ । तटीय क्षेत्र र पहिरोको उच्च जोखिम रहेका स्थानमा उच्च सतर्कता अपनाउन गृहमन्त्रालयले अपील गरेको छ ।

यता, जल तथा मौसम पूर्वानुमान महाशाखाले अविरल वर्षा आइतबारसम्म निरन्तर रहने बताएको छ । पूर्वदेखि पश्चिमसम्म अहिले सशक्त न्युनचापीय क्षेत्रमा यो प्रणाली घुमिरहँदा हावासहित भइरहेको वर्षा आइतबारसम्म निरन्तर रहने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । यो प्रणाली विस्तारै पश्चिम क्षेत्रमा सिफ्ट हुँदै गएको र पश्चिप क्षेत्रमा वर्षाको सम्भावना रहेको अर्यालको भनाई छ । अर्यालका अनुसार कालो बादलसहित हल्का छड्के पानी परेको छ ।

सशक्त न्युनचापीय क्षेत्रमा जलवाष्पयुक्त मौसम प्रणालीले फन्को मार्दा हावासहित देशभर अविरल वर्षा भइरहेको छ । विगत केही दिनअघिबाट मनसुन सक्रिए भए पनि बिहीबारबाट मनसुन थप सक्रिए भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसोदेखि आइतबारसम्म देशभर वर्षा जारी रहने महाशाखाले जनाएको छ ।

खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने अनुमान गरिएको छ । साथै पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै वर्षा हुने महाशाखाले जनाएको छ । केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । यसैगरी आइतबार रातिसम्म पूर्व र मध्यक्षेत्रका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । पूर्व र मध्य क्षेत्रका मध्य पहाड, तराईका थोरै ठाउँहरुमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...