YouTube Link

अबिरल बर्षाका कारण बाढी पहिरो र डुवानमा परि १८ जनाको मृत्यु, शनिबार दिउँसोदेखि आइतबारसम्म देशभर वर्षा जारी रहने

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: तीन दिनयताको अविरल वर्षाका कारण निम्तिएको विपत्तिमा परी १८ जनाको ज्यान गएको छ । बाढि, डुबान तथा पहिरोमा परी १८ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते र ५ जना बेपत्ता भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बाढी र पहिरोका कारण करिब १२ सय घरपरिवार विस्थापित भएका छन् भने १ सय ५३ जनाको आपत्कालिन उद्धार गरिएको जनार्इएको छ । तटीय क्षेत्र र पहिरोको उच्च जोखिम रहेका स्थानमा उच्च सतर्कता अपनाउन गृहमन्त्रालयले अपील गरेको छ ।

यता, जल तथा मौसम पूर्वानुमान महाशाखाले अविरल वर्षा आइतबारसम्म निरन्तर रहने बताएको छ । पूर्वदेखि पश्चिमसम्म अहिले सशक्त न्युनचापीय क्षेत्रमा यो प्रणाली घुमिरहँदा हावासहित भइरहेको वर्षा आइतबारसम्म निरन्तर रहने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । यो प्रणाली विस्तारै पश्चिम क्षेत्रमा सिफ्ट हुँदै गएको र पश्चिप क्षेत्रमा वर्षाको सम्भावना रहेको अर्यालको भनाई छ । अर्यालका अनुसार कालो बादलसहित हल्का छड्के पानी परेको छ ।

सशक्त न्युनचापीय क्षेत्रमा जलवाष्पयुक्त मौसम प्रणालीले फन्को मार्दा हावासहित देशभर अविरल वर्षा भइरहेको छ । विगत केही दिनअघिबाट मनसुन सक्रिए भए पनि बिहीबारबाट मनसुन थप सक्रिए भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसोदेखि आइतबारसम्म देशभर वर्षा जारी रहने महाशाखाले जनाएको छ ।

खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने अनुमान गरिएको छ । साथै पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै वर्षा हुने महाशाखाले जनाएको छ । केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । यसैगरी आइतबार रातिसम्म पूर्व र मध्यक्षेत्रका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । पूर्व र मध्य क्षेत्रका मध्य पहाड, तराईका थोरै ठाउँहरुमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...