बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन
वि.सं.२०७६ असार २८ शनिवार ०७:३०
894
sharesकाठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अबिरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्दार गरी राहत र उपचारमा जुटन प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएको जानकारी दिएका छन् । शनिबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समिक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दारमा जुटन मातहतका सबै निकायलाई निर्देशन दिएका हुन ।
मन्त्री बास्कोटाले डुबान समस्याबाट सतर्कता अपनाउन आवश्यक सूचना प्रणालीको व्यवस्था गरिएको पनि बताए । बिहीबार साँझबाट सुरु भएको अविरल वर्षासँगै देशका विभिन्न भाग बाढी, पहिरो र डुबानको चपेटामा परेको छ । मन्त्री बास्कोटाले राजधानी काठमाडौंसहित पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे, सर्लाही, रौतहट लगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटामा परेको बताए ।
वि.सं.२०७६ असार २८ शनिवार ०७:३०