संसद सचिवालयले रोक्यो चोलेन्द्रलाई सर्बोच्च जानबाट
वि.सं.२०७९ असोज २ आइतवार १४:१३
1.2K
shares
काठमाडौ : संसद सचिवालयले चोलेन्द्र शमशेर राणालाई सर्बोच्च अदालत जान रोक लगाएको छ ।
उनले आज सर्बोच्च अदालतमा पद बहाली गर्न जानै लाग्दा घरको गेटमा ताला लगाएर रोके थियो । उता सर्बोच्च अदालत परिसरबाहिर उनलाई अदालत छिर्नबाट रोक्न वकिलहरुको हुल नै रहेको छ भने सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
राणाले आफूलाई सरकारले रोकेकोमा रोष प्रकट गरेका छन् । उनले आफूलाई रोकेर सरकारले गल्ती गरेको र निम्तिन सक्ने घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएक छन् ।
संसद सचिवालयले पत्र काटेरै उनलाई रोक्ने नीति अवलम्बवन गरेको छ । पत्रमा भनिएको छ: ‘नेपालको संविधानको धारा १०१ को उपधारा (६) मा महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीशले त्यस्तो कारवाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन भन्ने संवैधानिक व्यवस्था रहेको तथा प्रतिनिधि सभा नियमावली, “२०७५ को नियम १६१ को उपनियम (९) मा महाभियोगको कार्य प्रारम्भ भएपछि आरोपित नेपालको प्रधान न्यायाधीशले त्यस्तो कारवाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउनेछैन भन्ने व्यवस्था रहेको र प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोगको कारबाही प्रारम्भ भएको हुँदा नेपालको संविधानको धारा १०१ को उपधारा (६) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९९० बमोजिम उक्त महाअभियोगको कारबाहीको टुंगो नलागेसम्म निजले आफनो पदको कार्यसम्पादन गर्न नपाउने व्यहोरा जानकारी गराउँदछ।’
वि.सं.२०७९ असोज २ आइतवार १४:१३




















