विनोद चौधरीमाथि अख्तियारको आँखा
वि.सं.२०७९ असोज २ आइतवार १२:१२
1.2K
shares
काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगी विनोद चौधरीको सम्पती छानबिन शुरु गरेको छ । कर छली र व्यावसायिक स्वार्थको निम्ति उनी र उनको कम्पनीका तर्फबाट डेढ सयभन्दा बढी मुद्दा दायर भएको छ ।
आफूविरुद्ध परेको उजुरीमाथि छानबिन अगाडि बढाउन लागेको सुईंको पाएलगत्तै उनै कांग्रेस सांसदले विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई रातारात सरुवा गराए । अहिलेका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई पनि सम्पत्ति शुद्धिकरणसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिने क्रममा सिंगापुरमा भएकै बेला हटाइएको छ ।
चौधरी परिवारविरुद्ध विदेशबाट कम्तीमा पाँच वटा उजुर परेपछि कारवाही गर्नैपर्ने निश्कर्षमा ठाकुर पुगेका थिए तर गत वर्षको भदौ २२ मा कारबाहीको प्रस्ताव मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर उनैमार्फत् प्रधानमन्त्रीसमक्ष पेश गरेको दुई दिनमै ठाकुरलाई मधेशतिर लखेटियो । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) बाट प्राप्त जानकारी र प्रमाणका आधारमा विभागले उनीहरूमाथि सुक्ष्म अनुसन्धान थाल्नै लाग्दा प्रधानमन्त्री स्वयंले प्रक्रिया रोकिदिएको बताइन्छ ।
वि.सं.२०७९ असोज २ आइतवार १२:१२




















