जबरालाई भेटेर फर्कियो मानव अधिकार आयोगको टोली, के के भयो कुराकानी ?
वि.सं.२०७९ असोज २ आइतवार १६:२८
1.3K
shares
काठमाडौ : निलम्बिवत पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेट्न मानव अधिकार आयोगको टोली उनको निवास पुगेर फर्किएको छ ।
आज सर्बोच्च अदालत जान ठिक्क परेका जबरालाई सरकारले घरबाट निस्किन नदिएर राखेको कुरा बाहिर आएपछि उनलाई भेट्न आयोगको टोली जबरा निवास पुगेको हो ।
आयोगको टोलीले जबरासँग भेटे पनि के के कुरा भयो भन्ने कुरा बाहिर आएको छैन ।
राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधि सभाको कार्यकाल अन्त्य भएर आजबाट नयाँ निर्वाचनको कार्यक्रम शुरु भएको छ । प्रतिनिधि सभाको कार्यकाल शनिबार राति अबेरबाट सकिएको छ।
संविधानको धारा १०१ को उपधारा ९६० र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ ।
वि.सं.२०७९ असोज २ आइतवार १६:२८




















