सिट बाँडफाँट टुंगोमा पुर्याउन कार्यदलको बैठक आज पनि बस्दै
वि.सं.२०७९ भदौ १५ बुधवार १०:०७
3.8K
shares
काठमाडौं: आगमी मंसिर ४ मा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।
प्रतिनिधिसभाका १६५ तथा प्रदेशसभाका ३३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भएपनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन ।
नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दावी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।
यद्यपी, शिर्ष नेताहरुको बैठकबाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएपछि बैठक आज बस्न लागेको हो ।
वि.सं.२०७९ भदौ १५ बुधवार १०:०७



















