दाङको घोराहीमाम चट्याङ लागेर दुई जनाको मृत्यु, १२ घाइते
वि.सं.२०७९ भदौ १५ बुधवार ०९:५२
3K
shares
काठमाडौं: दाङको घोराही उपमहानगरपालिका-१२ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको नाम खुलिसकेको छैन ।
वि.सं.२०७९ भदौ १५ बुधवार ०९:५२



















