YouTube Link

माओवादीसँग तत्काल एकता हुँदैन: सम्मानित नेता खनाल

Facebook Link

 

तम्घास: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता नहुने बताएका छन् ।

 

उनले वामपन्थी एकता आवश्यक भए पनि माओवादी पार्टीसँग एकता हुने कुरा सम्भव नभएको बताएका हुन् ।

 

समाजवादी प्रेस संगठन नेपालले गुल्मीको तम्घासमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले यस्तो बताएका हुन् ।

 

अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले कुनै दलहरुसँग एकीकरणको सम्भावना नभएको खनालले बताए । संविधानको रक्षा गर्न पाँचदलीय गठबन्धन आवश्यक भएको उनको दाबी थियो । नेतृत्वको दम्भ र अहंकारले गर्दा अहिलेको अवस्था आएको भन्दै खनालले गठबन्धनले संविधानको रक्षा गरेको दाबी गरे ।

 

जनताले वामपन्थीहरुलाई झण्डै दुईतिहाइको मत दिएको भन्दै नेता खनालले नेतृत्वले सही व्यवस्थापन गर्न नसकेकाले पार्टी विघटन र गठबन्धन आवश्यक रहेको समेत बताए ।

 

तपाईं राष्ट्रपति हुने चर्चा के हो भन्ने पत्रकारको जिज्ञासामा खनालले अहिले यो वा त्यो पदभन्दा पनि पार्टीको निर्णय र आवश्यकताको आधारमा हुने बताउँदै ‘पहिले निर्वाचनलाई सफल बनाउने पदका कुरा पछाडि हुने बताए ।

 

प्रदेश र संघको निर्वाचनको लागि गठबन्धनमा सीट बाँडफाँटको विषयलाई लिएर फाँटो आउँछ कि भन्ने प्रश्नमा खनालले समस्या नहुने दावी गरे । सीट मिलानका लागि कार्यदलले काम गरिहेको भन्दै उनले कार्यदलको छलफलपश्चात शीर्ष नेतृत्वबाट मिलान हुने भएकाले सम्मस्या नहुने तर्क दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...