महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्यो तीज विशेष ‘नारी सम्मान अभियान’
वि.सं.२०७९ भदौ ६ सोमवार ११:२८
3.5K
shares
काठमाडौं: महालक्ष्मी विकास बैंकले हरितालिका तीज २०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ ।
भाद्र महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ ।
विगतदेखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले नारीहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो ।
देशैभर छरिएर रहेका एक सय तीन शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।
वि.सं.२०७९ भदौ ६ सोमवार ११:२८



















