शैक्षिक सामग्री पाउदा विद्यार्थी मख्ख
वि.सं.२०७९ भदौ ६ सोमवार १४:४३
1.6K
shares
चरिकोट : दोलखाको भिमेश्वर नगरपालिकामा रहेको श्री कालिन्चोक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच शैक्षिक सामग्री विरतण गरिएको थियो । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शैक्षिक सामग्री वितरण गरेको थियो ।

शैक्षिक सामग्री पाएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु खुसी देखिएका थिए । दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको उपस्थितिमा त्यहा अध्ययनरत २१७ विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

आज बिहानै विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत २१७ विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रति विद्यार्थी व्याग, ५ वटा कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायत उक्त शैक्षिक सामग्री वितरण गरिएको थियो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धर, कालिन्चोक माध्यमिक विद्यालयका प्राचार्य नवराज न्यौपाने,विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास श्रेष्ठ,चरिकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवं हिन्दू स्वयंसेवक संघ नेपालका माननीय जिल्ला संघचालक कृष्ण बहादुर गौतम लगायतको उपस्थित रहेको थियो ।


वि.सं.२०७९ भदौ ६ सोमवार १४:४३




















