YouTube Link

विप्लव नेतृत्व नेकपाले आह्वान गरेको नेपाल बन्द देशैभर आंशिक प्रभाव, देशभरको सुरक्षा व्यवस्था कडा

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर आशिंक प्रभाव परेको छ । विप्लव माओवादीले कार्यकर्ताको हत्या भएको भन्दै नेपाल बन्दको आव्हन गरेको हो ।

नेपाल बन्दका कारण सार्वजनिक बस सञ्चालनमा नआए पनि नीजि सवारी साधन भने सञ्चालनमा आएका छन् । स्कुल कलेज, पसल र कलकारखना भने बन्द छन् । बिहानैदेखि बन्दको आशिंक प्रभाव देशभर परेको छ । बन्दलार्इ मध्यनजर गर्दै देशभरको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ । ठाउँठाउँमा हतियार सहितका प्रहरी परिचालन गरिएको छ ।

उपत्यका बाहिरका बिभिन्न जिल्लाका केही स्थानमा शंकास्पद बस्तु समेत फेला परेका छन् । काभ्रे पनौती-७ ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा २ वटा प्रेसर कूकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस्तै वर्दियामा डिभिजन बन कार्यालय नजिक तथा पूर्व-पश्चिम राजमार्ग अन्र्तगत कर्तनिया चोकमा कुकर बम भेटिएको छ । बैतडी सतबाँझ गोकुलेश्वर सडकखण्डको धरमघरमा राखेको बम पनि निष्कृय पारिएको छ । झापाको कनकाई माईको पुलमुनि पनि संस्कापद बस्तु भेटिएको छ । सिन्धुलीको भिमान सडक खण्डको बुका पुलमा शंकास्पद बस्तु फेला परेको छ । त्यस्तै पोखराका तीन ठाउँमा बम फेला परेको छ । पोखराको विजयपुरको पुल पारी ओरालोमा, हमाल चोकमा र पोखरा १७ ड्यामसाइडमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ । नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा भेटिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...