३४ इन्सपेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस
वि.सं.२०७९ साउन २ सोमवार १२:२६
3.3K
shares
काठमाडौं: नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरेको हो ।
नेपाल प्रहरीमा ४८ जना डीएसपी रिक्त भएपनि २०७० सालपछि इन्सपेक्टरमा भर्ना भएकालाई बढुवा गरिएको थिएन । २०७० पहिलेकै ५० जना इन्सपेक्टर कार्यरत भएपनि योग्य नभएकाले १४ वटा दरबन्दी रिक्त नै राखिएको हो ।
यीमध्ये कारबाहीमा परेका, निलम्बनमा परेका, शैक्षिक योग्यता नपुगेका र दुवै तालिम नगरेकालाई बढुवा नगरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
२०७० सालमा इन्स्पेक्टरमा भर्ना भएका पनि डीएसपीमा बढुवा हुन लविङ गरिरहेका थिए । तर यो ब्याचबाट कोही पनि बढुवा नभएका हुन् ।
बढुवा सिफारिसमा


वि.सं.२०७९ साउन २ सोमवार १२:२६




















