राजपरिवारलाई एकै चिहान बनाएको त्यो कालो रात
वि.सं.२०७९ जेठ १९ बिहीवार ०८:५३
1.9K
shares
काठमाडौँ : २०५८ साल जेठ १९ अर्थात आजैको दिन सिंगो परिवार नै सखाप पारिएको थियो तत्कालीन राजा वीरेन्द्रको ।
आज २१ वर्ष पूरा भएको त्यो दिनलाई नेपालका लागि कालो दिन मात्र नभई राजतन्त्रको अवशानको बिजारोपण समेत त्यही दिनबाट भएको थियो ।
१९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दीपेन्द्र र नीराजन तथा युवराज्ञी श्रुति शाहसहितको एकै चिहान भएको थियो ।
हत्याकाण्डमा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू पनि मारिएका थिए ।
हत्यालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्र्यान्ड डिजाइन’को संज्ञा दिएका थिए । तर अहिलेसम्म त्यो ‘ग्र्यान्ड डिजाइन’ के थियो र हत्या कसले र किन गर्यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन ।
तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित दरबार हत्याकाण्ड छानबिन आयोगले युवराज दीपेन्द्रले नै राजपरिवारको हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, सो प्रतिवेदनप्रति आम जनता अहिले पनि विश्वस्त हुन सकिरहेको देखिँदैन ।
उदार र किासशील राजाको रुपमा छवि बनाएका वीरेन्द्रको वंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन ।
राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन् । हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरियो ।
वि.सं.२०७९ जेठ १९ बिहीवार ०८:५३




















