YouTube Link

यार्सा टिप्न गएकाले दुर्घटनामा परेको जहाज टुक्रा टुक्रा परेको अवस्थामा भेटेपछि…

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौँ : हिजो बिहानैदेखि तारा एयरको जहाज हराईरहेको खबरले सबैको मन भारी बनाईरहेको थियो ।

 

हिजो दिनभरी नेपाली सेनको टोलीले जहाजको खोजी कार्य जारी राखेपनि प्रतिकूल मौसमका कारण खोजी कार्य संभव हुन सेकन र उक्त कार्यलाई स्थगित गरिएको थियो ।

 

तर आज बिहानै मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला खबर एकाएक फैलियो ।

 

यसको पुष्टि नेपाली सेनाले समेत गरिसकेको छ ।

 

यार्सागुम्बा खोज्न गएकाहरूले जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए। उनीहरुले जहाजको दुर्घटनाग्रस्त फोटो प्रशासनलाई पठाएका थिए ।

 

थसाङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको र यार्सा टिप्न गएकाहरूले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गरेको बताए ।

 

‘सुमित गौचनलगायत टोलीले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गर्नुभएको हो। उहाँले फोटोसमेत पठाउनुभएको छ,’ वडाध्यक्ष शेरचनले भने, ‘उहाँ वडा नम्बर ३ लेतेको बासिन्दा हो। जहाज हराएको भन्ने खबर पाएपछि उहाँ हिजो खर्क जानुभएको थियो। यार्सा खोज्न गएकाहरूसँग राति गोठमा बसेर उहाँसहितले आज बिहान करिब दुई घन्टा माथि पुग्दा जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि खबर गर्नुभयो ।’

 

गाउँबाट जहाज दुर्घटनाग्रस्त भएको ठाउँमा पुग्न करिब चार घन्टा लाग्ने उनले बताए। मौसम सफा हुँदै गएकोले जहाज दुर्घटनास्थल वरपर हेलिकप्टरबाट जाने तयारी गरिएको छ।

 

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पनि तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन्।

 

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।

 

जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए। दुर्घटनामा परेको जहाजका विषयमा थप विवरण भने आईसकेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...