YouTube Link

यार्सा टिप्न गएकाले दुर्घटनामा परेको जहाज टुक्रा टुक्रा परेको अवस्थामा भेटेपछि…

Facebook Link

 

काठमाडौँ : हिजो बिहानैदेखि तारा एयरको जहाज हराईरहेको खबरले सबैको मन भारी बनाईरहेको थियो ।

 

हिजो दिनभरी नेपाली सेनको टोलीले जहाजको खोजी कार्य जारी राखेपनि प्रतिकूल मौसमका कारण खोजी कार्य संभव हुन सेकन र उक्त कार्यलाई स्थगित गरिएको थियो ।

 

तर आज बिहानै मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला खबर एकाएक फैलियो ।

 

यसको पुष्टि नेपाली सेनाले समेत गरिसकेको छ ।

 

यार्सागुम्बा खोज्न गएकाहरूले जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए। उनीहरुले जहाजको दुर्घटनाग्रस्त फोटो प्रशासनलाई पठाएका थिए ।

 

थसाङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको र यार्सा टिप्न गएकाहरूले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गरेको बताए ।

 

‘सुमित गौचनलगायत टोलीले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गर्नुभएको हो। उहाँले फोटोसमेत पठाउनुभएको छ,’ वडाध्यक्ष शेरचनले भने, ‘उहाँ वडा नम्बर ३ लेतेको बासिन्दा हो। जहाज हराएको भन्ने खबर पाएपछि उहाँ हिजो खर्क जानुभएको थियो। यार्सा खोज्न गएकाहरूसँग राति गोठमा बसेर उहाँसहितले आज बिहान करिब दुई घन्टा माथि पुग्दा जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि खबर गर्नुभयो ।’

 

गाउँबाट जहाज दुर्घटनाग्रस्त भएको ठाउँमा पुग्न करिब चार घन्टा लाग्ने उनले बताए। मौसम सफा हुँदै गएकोले जहाज दुर्घटनास्थल वरपर हेलिकप्टरबाट जाने तयारी गरिएको छ।

 

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पनि तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन्।

 

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।

 

जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए। दुर्घटनामा परेको जहाजका विषयमा थप विवरण भने आईसकेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...