फेवातालको चार किल्ला कायम नभएसम्म कुनैपनि संरचना नहटाउन उच्च अदालत पोखराद्वारा परमादेश जारी
वि.सं.२०७६ जेठ २९ बुधवार १४:१३
1.1K
sharesपोखरा: फेवातालको चार किल्ला कायम नभएसम्म कुनैपनि संरचना नहटाउन उच्च अदालत पोखरालेउत्प्रेषण मिश्रितनिषेधाज्ञा सहितको परमादेश जारी गरेको छ ।
परमादेश जारीसँगै उच्च अदालतपोखरा महानगरले निकालेको सूचना कार्यान्वयन नहुने भएको छ ।महानगरले फेवाकिनारबाट ६५ मिटरभित्रका संरचना हटाउन र नहटाए महानगर आफैले हटाउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल्ने आशय सहितको सुचना जेठ ९ गते जारी गरेको थियो । महानगरको यो सुचना विरुद्ध २२ जना व्यक्तिले २४ गते उच्च अदालतमा रिट दायर गरेका थिए । रिट उपर अदालतले २४ गते अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई हिजो छलफलको लागि बोलाएको थियो । दुवै पक्षको छलफल र बहसपछि उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश विनोदप्रसाद शर्माको संयुक्त इजलाशले परमादेश जारी गरेको हो ।
परमादेशमा २४ गते अदालतले जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिन नमिल्ने उल्लेख गरिएको छ । त्यस्तै, परमादेशले मुआब्जा दिन सिफारिस गरिएका सन्दर्भमा त्यस्ता संरचनाहरु हटाउने महानगरको सूचनालाई कार्यान्वयन हुन नसक्ने प्रकृतिको समेत जनाएको छ ।
वि.सं.२०७६ जेठ २९ बुधवार १४:१३