कांग्रेसले चुनावी अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै
वि.सं.२०७८ फागुन २५ बुधवार ११:१८
3.1K
shares
काठमाडौं: नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन–लक्षित अभियान ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’बारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै छ ।
पार्टी सभापति शेरबहादुर देउवाले अभियानबारे जानकारी दिन कांग्रेस केन्द्रीय कार्यालय (सानेपा)मा आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय तहको चुनावमा आफ्नो पार्टीका पक्षमा जनमत तान्न कांग्रेसले यह फागुन २९ गते ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान सुरु गर्न लागेको हो ।
त्यसका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।
उनीहरूलाई फागुन २७ गतेभित्र खटाइएको जिल्लामा पुग्न निर्देशन दिइएको छ ।
जिल्ला जाने केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरु हुनअघि र सुरु भइसकेपछि अनिवार्य रुपमा सबै स्थानीय तहमा पुग्न भनिएको छ ।
वि.सं.२०७८ फागुन २५ बुधवार ११:१८



















