सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ५ हजार ५ सयमा कारोबार
वि.सं.२०७८ फागुन २५ बुधवार ११:४१
2.4K
shares
काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
बुधबार तोलामा २ हजार ५ सय रुपैयाँले वृद्धि भएर सुनको मूल्य एक लाख ५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि, ०७७ साउन २५ गते छापावाल सुनको मूल्य तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
बुधबार तेजाबी सुन पनि तोलाको २ हजार ५ सय रुपैयाँले बढेर एक लाख ५ हजारमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७८ फागुन २५ बुधवार ११:४१



















