YouTube Link

एमसीसी पास भएपछि अब देश निर्वाचनमा गएको छ: प्रचण्ड

Facebook Link

 

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसी पास भएकाले अब देश निर्वाचनमा गएको बताएका छन् ।

 

उनले एमसीसी पास भएपछि पहिलो पटक आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गर्दै यस्तो भनेका हुन् । उनले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरिएकाले बाध्यतावश लोकतन्त्र रक्षाका लागि गठबन्धन बनाउनुपरेको बताएका छन् ।

 

‘पटक पटक देशमा राजनीतिक स्थिरता भएको थियो । गठबन्धन बनेपछि अब त स्थिरता होला भनेको एमसीसी आइदियो’, उनले भने- ‘यो प्रक्रियामा माओवादी केन्द्र र ममाथि जोडियो, मलाई धेरै आरोपित बनाइएको थियो ।’

 

उनले एमसीसीलाई आलोचनाबीच आफूहरुले निकास दिएको पनि बताए । ‘अब हामीले निकास दिएका छौँ । गठबन्धन तोडिएला भनेको अहिलेलाई जोगियो’, उनले भने, ‘गठबन्धन कायम रहन्छ, सरकार अघि बढ्छ भन्ने भएको छ एमसीसी पास भएपछि अब देश निर्वाचनमा गएको छ ।’

 

उनले सन् २०१७ को सम्झौतामा एमसीसीलाई कानुनी हैसियत दिने व्यवस्था नभएको बताउँदै तत्कालीन नेकपाकै सरकार रहेका बेला सन् २०१९ मा संसदमा लाने सम्झौता भएको पनि बताएका छन् ।

 

‘हाम्रै पार्टीको नेतृत्वको सरकार भएका बेला नै एमसीसीबारे छलफल सुरु भएको हो । अमेरिकाले एमसीसीमार्फत ५५ अर्ब दिने भन्ने कुराले हामी खुसी नै भयौँ’, उनले भने, ‘२०१९ मै नेकपाको सरकार भएका बेला एमसीसीलाई कानुनी हैसियत दिँदा अझै विवादमा गयो। मैले एक्लैले अध्यक्षता गरेको नेकपाको केन्द्रीय समिति बैठकमा एमसीसीबारे बहस भयो। हामीले कार्यदल पनि बनाएका थियौँ ।’

 

उनले नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई जस्ताको तस्तै पारित गर्न खोजे पनि आफूले नमानेको बताए ।

 

‘तत्कालीन नेकपा हुँदा ओलीजी सचिवालयमा अल्पमतमा थिए । तर उनी एमसीसीलाई जस्ताको तस्तै पास गर्न चाहन्थे’, उनले भने, ‘तर हामीले कार्यदल बनाएर यसलाई संशोधन गरेर मात्रै लैजानुपर्छ भनेका थियौँ ।’

 

उनले ओलीले संकल्प या अरु कुनै जरुरी प्रस्ताव आवश्यक नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेको पनि दाबी गरे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...