YouTube Link

जारी ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ र थ्री स्टारले बराबरी खेल्दै अंक बाँढे

Facebook Link

 

काठमाडौं: त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाँढेका छन् ।

 

शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले १-१ गोलको बराबरी खेलेको हो ।

 

खेलको दोस्रो हाफमा मनाङका लागि ६२औं मिनेटमा दयानन्द सिंहले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए ।

 

खेलको ७१औं मिनेटमा थ्रीस्टारका लागि ऋतिक कुमार खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

 

यो बराबरीले अंक तालिकामा कुनै परिवर्तन नहुदा शीर्षस्थानको मछिन्द्र फुटबल क्लबलाई प्रत्यक्ष फाइदा भएको छ ।

 

मनाङ २० अंक जोडेर दोस्रो स्थानमा रहँदा थ्री स्टार १७ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

 

यो बराबरीले लिगमा तीन चरणको खेल बाँकी रहँदा मछिन्द्रले ६ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ ।

 

मछिन्द्रले शनिबारै च्यासल युथ क्लबलाई २–० ले हराउँदै लिगमा अपराजित रहन सफल भएको छ ।

 

थ्री स्टार १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...