YouTube Link

जारी ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ र थ्री स्टारले बराबरी खेल्दै अंक बाँढे

Facebook Link

 

काठमाडौं: त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाँढेका छन् ।

 

शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले १-१ गोलको बराबरी खेलेको हो ।

 

खेलको दोस्रो हाफमा मनाङका लागि ६२औं मिनेटमा दयानन्द सिंहले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए ।

 

खेलको ७१औं मिनेटमा थ्रीस्टारका लागि ऋतिक कुमार खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

 

यो बराबरीले अंक तालिकामा कुनै परिवर्तन नहुदा शीर्षस्थानको मछिन्द्र फुटबल क्लबलाई प्रत्यक्ष फाइदा भएको छ ।

 

मनाङ २० अंक जोडेर दोस्रो स्थानमा रहँदा थ्री स्टार १७ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

 

यो बराबरीले लिगमा तीन चरणको खेल बाँकी रहँदा मछिन्द्रले ६ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ ।

 

मछिन्द्रले शनिबारै च्यासल युथ क्लबलाई २–० ले हराउँदै लिगमा अपराजित रहन सफल भएको छ ।

 

थ्री स्टार १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...