मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भारको काम तीव्र पारिदै
वि.सं.२०७८ माघ २६ बुधवार १०:१८
2.3K
shares
काठमाडौं: मेलम्चीको खानेपानी आगामी चैतभित्रै राजधानी ल्याउने योजनाका साथ मुहान क्षेत्र मर्मत सम्भारको काम तीव्र रूपमा पारिएको छ ।
गत असार १ गतेको बाढीले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान पन्छाउने काम भइरहेको आयोजनाले जनाएको छ ।
मुहानस्थल अम्बाथान मुख्य बाँधस्थलको लेदो सफा गर्ने, अस्थायी बाँध मर्मत सम्भार गर्ने काम तीव्र गतिमा भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य संरचना १० मिटरसम्म पुरिएको थियो । चिनियाँ ठेकेदार निर्माण कम्पनी सिनो हाइड्रोले माघ १३ गतेदेखि काम गरिरहेको छ ।
हाल १२ वटा डोजर, स्काभेटर र २२ वटा टिप्पर प्रयोग गरेर आयोजनास्थलमा जम्मा भएका गेग्य्रान, बालुवा, ढुङ्गा हटाउने काम भइरहेको छ ।
वि.सं.२०७८ माघ २६ बुधवार १०:१८




















