Texas College
YouTube Link

ग्यासको बुलेटमा च्यापिएर एक चालकको मृत्यु

Facebook Link

 

काठमाडौं: बालाजुमा ग्यासको बुलेटमा च्यापिएर एक चालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा भारत कलकत्ताका ४५ वर्षीय दिलीप चौधरी रहेको प्रहरीले जनाएको छ ।

 

दुई वटा ग्यास बुलेटको बीचमा च्यापिँदा उनको बिहीबार बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

प्रहरीका अनुसार ती बुलेट एनएलओ २ क्यु ३७२० र एनएलओ २ क्यु ३७२९ नम्बरको बुलेटको बीचमा चौधरी च्यापिएका थिए ।

 

चालक चौधरी एनएलओ २ क्यु ३७२९ को बुलेटका चालक हुन् ।

 

बुलेटको अगाडिको भाग पुछपाछ गरिरहेका बेला उक्त बुलेट गुडेर अर्को बुलेटसम्म पुग्दा चालक चौधरी बीचमा च्यापिएका थिए ।

 

गम्भीर घाइते भएका चालकलाई तत्काल उद्धार गरी त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

 

उनको उपचारका क्रममा मृत्यु भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

 

घटनाबारे महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...