YouTube Link

स्थानीय चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगको जोड

Facebook Link

 

 

काठमाडौं: निर्वाचन आयोगको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आग्रह गरेका छन् ।

 

आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ भने आउँदो ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले सुझाव दिएका छन् ।

 

यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दिएका छन् ।

 

कांग्रेसले तोकिएकै मिति आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने सुझाव दिएको छ ।

 

स्थानीय तहको निर्वाचनका विषयमा कांग्रेसले सरकारले छलफल मार्फत निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ ।

 

आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन ।

 

तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिएको छ ।

 

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेर ६ जेठमा नयाँ जनप्रतिनिधि चयन गरिसक्नुपर्ने एमालेको भनाइ छ ।

 

निर्वाचन गर्न मिति १२० दिन अगाडि तोक्नुपर्ने हुन्छ ।

 

बैठकमा राष्ट्रिय सभाको निर्वाचन, मतदाताको नामावली संकलन, स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो ।

 

बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका सबै दल सहभागी थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...