YouTube Link

चार बर्षदेखि बन्द रहेको नेपाल-चीन जोड्ने तातोपानी नाका आजबाट औपचारिक रुपमा पुन: सञ्चालनमा आउने

Facebook Link

काठमाडौं: विगत चार बर्षदेखि बन्द रहेको नेपाल-चीन जोड्ने पहिलो तातोपानी नाका आजबाट औपचारिक रुपमा सञ्चालन हुने भएको छ ।

२०७२ बैशाख १२ को भूकम्पले दुबै तर्फको भौतिक संरचनामा क्षति पुर्‍याएपछि बन्द भएको नाका आजबाट पुनः सञ्चालनमा ल्याउन लागिएको हो । भूकम्पले क्षति पुर्‍याएको तातोपानी क्षेत्रमा २०७३ साउनमा भोटेकोशी नदिले सडक लगायत संरचनामा थप क्षति पुर्‍याएपछि नाका सञ्चालनमा अन्यौलता थपिएको थियो ।

स्थानीय व्यवसायी, राजनीतिक दल, जनप्रतिनिधि एवम् नेपाल सरकारको लामो प्रयत्नपछि चिनियाँ पक्ष नाका पुनः सञ्चालनमा ल्याउन सहमत भएको हो । भूकम्पले मितेरी पुल समेतको क्षति पुर्याएपछि लार्चामा बन्दै गरेको सुख्खा बन्दरगाह निर्माणमा समेत समस्या परेको थियो । चीन सरकारको सहयोगमा २० करोड रुपैयाँको लागतमा सुविधासम्पन्न सुख्खा बन्दरगाहको निर्माण पनि हालै सम्पन्न भएको छ ।

भूकम्पपछि बन्दरगाहसँगै ६ किलोमिटर सडक र मितेरी पुलको चीन सरकारले पुर्ननिर्माण गरेको थियो । बाह्रबिसेदेखि लार्चासम्मको सडक सडक डिभिजन कार्यालय दोलखाले मर्मत गरेको हो । तातोपानी नाकाबाट पुन व्यवसाय सञ्चालन हुन लाग्दा व्यवसायीमा मात्र नभएर स्थानीयमा समेत खुसीयाली छाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...