YouTube Link

विद्युतको माग बढेसँगै प्राधिकरणलाई माग अनुसारको आपूर्ति धान्न हम्मेहम्मे

World Cup 2026
Facebook Link

 

काठमाडौं: हिउँद लागेदेखि बिजुलीको खपत बढेका कारण दैनिक ४ देखि ५ पटकसम्म विद्युत आपूर्ति बन्द भइरहेको छ ।

 

नेपाल विद्युत प्राधिकरण आफैले विद्युतीय उपकरण प्रयोग गर्न आग्रह गरेपछि उपत्यकामा विद्युतको माग बढेसँगै प्राधिकरणलाई माग अनुसारको आपूर्ति धान्न हम्मेहम्मे परेको छ ।

 

तातो र न्यानो खोजेका उपत्यकाका केही स्थानका उपभोक्ता प्राधिकरणको कमजोर संरचनाका कारण हैरानी भोग्न बाध्य भएका छन ।

 

कतिपय स्थानमा ट्रान्सफर्मर पड्कियो भने कतिपय स्थानमा इन्टरेनट प्रदायकका लाइन जले विद्युत प्रसारणमा अवरोध आइरहेको छ ।

 

पछिल्लो समय राजधानी लगायत देशका विभिन्न स्थानमा पानी परेका कारणले चिसो बढेपछि विद्युतको माग धेरै भएको हो ।

 

राजधानीको विद्युत सप्लाइ र इन्टरनेट प्रदायकको सेवा एउटै माध्यमबाट प्रभाव भइरहेकाले पनि बिजुली आपूर्ति मिलाउन समस्या भइरहेको विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

 

उनले भने, ‘राजधानीको करिब २० देखि ५० स्थानमा इन्टरनेट प्रदायकको तारमा समस्या आएकाले तार जलेका कारण विद्युत आपूर्ति बन्द गर्न परेको हो ।’ कमजोर पूर्वाधारका कारण उपत्यकावासीले समस्या भोग्नुपरेपछि शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर नै समस्या रहेका बताएका थिए ।

 

उनले भने, ‘उपत्यकाभित्र विद्युतीय पूर्वाधार निर्माण भइरहे पनि प्रभावकारी बन्न सकेको छैन । समस्या समाधानका लागि पहल त भइरहेको छ, खास अर्थमा परिणाम भने देखिन सकेको छैन ।’

 

उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरु सञ्चालित रहेको उनले बताए ।

 

कार्यकारी निर्देशक घिसिङले काठमाडौँको मातातीर्थमा निर्माणाधीन २२०/१३२/३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १३२/३३/११ केभी सबस्टेसन, विद्युतीय तारको भूमिगत गर्ने कामको अनुगमन गरी निर्माणलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

 

काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्न मातातीर्थमा २२०/१३२/३३ केभी, ३२० एमभिए क्षमताको सबस्टेसन निर्माणाधीनमा छ ।

 

आगामी असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मातातीर्थ सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि ठूलो हब बन्दैछ ।

 

सबस्टेसनबाट थानकोट, सतुङ्गल, गुर्जुधारालगायत क्षेत्रमा विद्युत् आपूर्ति गर्न पाँचवटा ११ केभीका फिडर भूमिगत गरी मुख्य सडकसम्म निकाल्ने प्रारम्भिक काम सुरु गरिएको छ ।

 

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर रहनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...