Rajshow Bivag

विद्युतको माग बढेसँगै प्राधिकरणलाई माग अनुसारको आपूर्ति धान्न हम्मेहम्मे

Departmant of helth services

 

काठमाडौं: हिउँद लागेदेखि बिजुलीको खपत बढेका कारण दैनिक ४ देखि ५ पटकसम्म विद्युत आपूर्ति बन्द भइरहेको छ ।

 

नेपाल विद्युत प्राधिकरण आफैले विद्युतीय उपकरण प्रयोग गर्न आग्रह गरेपछि उपत्यकामा विद्युतको माग बढेसँगै प्राधिकरणलाई माग अनुसारको आपूर्ति धान्न हम्मेहम्मे परेको छ ।

 

तातो र न्यानो खोजेका उपत्यकाका केही स्थानका उपभोक्ता प्राधिकरणको कमजोर संरचनाका कारण हैरानी भोग्न बाध्य भएका छन ।

 

कतिपय स्थानमा ट्रान्सफर्मर पड्कियो भने कतिपय स्थानमा इन्टरेनट प्रदायकका लाइन जले विद्युत प्रसारणमा अवरोध आइरहेको छ ।

 

पछिल्लो समय राजधानी लगायत देशका विभिन्न स्थानमा पानी परेका कारणले चिसो बढेपछि विद्युतको माग धेरै भएको हो ।

 

राजधानीको विद्युत सप्लाइ र इन्टरनेट प्रदायकको सेवा एउटै माध्यमबाट प्रभाव भइरहेकाले पनि बिजुली आपूर्ति मिलाउन समस्या भइरहेको विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

 

उनले भने, ‘राजधानीको करिब २० देखि ५० स्थानमा इन्टरनेट प्रदायकको तारमा समस्या आएकाले तार जलेका कारण विद्युत आपूर्ति बन्द गर्न परेको हो ।’ कमजोर पूर्वाधारका कारण उपत्यकावासीले समस्या भोग्नुपरेपछि शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर नै समस्या रहेका बताएका थिए ।

 

उनले भने, ‘उपत्यकाभित्र विद्युतीय पूर्वाधार निर्माण भइरहे पनि प्रभावकारी बन्न सकेको छैन । समस्या समाधानका लागि पहल त भइरहेको छ, खास अर्थमा परिणाम भने देखिन सकेको छैन ।’

 

उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरु सञ्चालित रहेको उनले बताए ।

 

कार्यकारी निर्देशक घिसिङले काठमाडौँको मातातीर्थमा निर्माणाधीन २२०/१३२/३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १३२/३३/११ केभी सबस्टेसन, विद्युतीय तारको भूमिगत गर्ने कामको अनुगमन गरी निर्माणलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

 

काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्न मातातीर्थमा २२०/१३२/३३ केभी, ३२० एमभिए क्षमताको सबस्टेसन निर्माणाधीनमा छ ।

 

आगामी असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मातातीर्थ सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि ठूलो हब बन्दैछ ।

 

सबस्टेसनबाट थानकोट, सतुङ्गल, गुर्जुधारालगायत क्षेत्रमा विद्युत् आपूर्ति गर्न पाँचवटा ११ केभीका फिडर भूमिगत गरी मुख्य सडकसम्म निकाल्ने प्रारम्भिक काम सुरु गरिएको छ ।

 

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर रहनेछन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...