YouTube Link

ललिता निवास प्रकरण सम्बन्धि सीआइबीले बुझायो अनुसन्धान प्रतिवेदन

Facebook Link

 

काठमाडौं: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

 

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफूले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको पुष्टि गरे ।

 

तीन वर्षको अनुसन्धानपछि सीआइबीले यो प्रतिवेदन बुझाएको हो ।

 

अनुसन्धान प्रतिवेदनको अध्ययन विश्लेषण गरेर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने छ ।

 

ललिता निवास प्रकरणमा संलग्न सरकारी कर्मचारी, भूमाफियासहित साढे तीन सय बढिलाई प्रतिवादी बनाएको छ ।

 

सीआइबीले २०४९,२०६२,२०६६-६७ र २०६९ मा गरी चारपटक ललिता निवासको जग्गा व्यक्तिको नाम दर्ता गरेको सम्बन्धमा अुनसन्धान गरेको थियो ।

 

उसका अनुसन्धानमा १४३ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष सीआइबीको छ ।

 

अख्तियारले यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री मन्त्री विजयकुमार गच्छादारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यो मुद्दा विशेष अदालतमा विचराधीन छ ।

 

पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानविन समितिको सिफारिसको आधारमा सरकारले अख्तियार र सीआइबीलाई अनुसन्धानको जिम्मा दिएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...