दुई किलो सुनसहित तीन जना पक्राउ
वि.सं.२०७८ साउन २० बुधवार १३:१७
2.4K
shares
काठमाडौं: करिव दुई किलो सुनसहित तीन जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँको गौशालाबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
महानरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार बिहान एक किलो ८ सय ५० ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
कुबेतबाट आएका मानिसहरु मार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लिएको पक्राउ परेका तीन जनाले बताएको प्रहरीले जनाएको छ ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुन लिएर आउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
वि.सं.२०७८ साउन २० बुधवार १३:१७




















