YouTube Link

नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना

World Cup 2026
Facebook Link

काठमाडौं:  नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ। बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा  बनेको ‘यास’ नामक चक्रवातका कारण मंगलबारदेखि हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको हो ।

 

उक्त न्यून–चापीय क्षेत्र चक्रवातमा परिणत भएको र मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने हुँदा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ।

 

सो प्रणालीका कारण मंगलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली-पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

बंगालको खाँडीमा चक्रवात बन्न सुरू भइसकेको र नेपालको पूर्वी भागमा यसको प्रभाव मंगलबारदेखि हुन्छ भने पश्चिमी भागमा बिहीबारदेखि प्रभाव देखिने छ । उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ।

 

प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ । यो मौसममा नेपालका विभिन्न स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

यो पनि पढ्नुहोस् :

१४६ सांसदले सर्वोच्चमै पुगेर गरे रिटमा हस्ताक्षर

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...