परराष्ट्र मन्त्रालयमा ११ मित्रराष्ट्रका लागि तीन वर्षदेखि रिक्त राजदूत नियुक्तिका लागि नाम सिफारिस
वि.सं.२०७८ जेठ १ शनिवार १३:५९
5.8K
shares
काठमाडौं: परराष्ट्र मन्त्रालयले ११ मित्रराष्ट्रका लागि तीन वर्षदेखि रिक्त राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।
अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले ११ जनालाई राजदूत नियुक्ति सिफारिस गरेको हो ।
प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद् सचिवालयमा पठाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।
राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेपनि यो पटक परराष्ट्र सेवाबाट जम्मा दुई जना मात्रै सिफारिसमा परेका छन् ।
परराष्ट्रले गरेको सिफारिस संसदीय समितिमा सुनुवाइ र पारित हुनुपर्छ ।
राजदूत बनाउन परराष्ट्रले अघि सारेका व्यक्तिहरू
१. सुम्निमा तुलाधर (अष्ट्रेलिया)
२. कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया)
३. सुमित्रा सुवेदी (डेनमार्क)
४. जंगवहादुर चौहान (रूस)
५. मेराज मुसलमान (साउदी अरेबिया)
६. युवराज कार्की (बहराइन)
७. रमेशचन्द्र पौडेल (श्रीलंका)
८. निर्मलराज काफ्ले (अष्ट्रिया)
९. कुलप्रसाद नेपाल (ब्राजिल)
१०. जीवनप्रकाश श्रेष्ठ (इजिप्ट)
११. नारायणप्रसाद संग्रौला (बर्मा)
नेपाल सुपर लिग (एनएसएल)को फाइनल आज, उपाधिका लागि धनगढी र काठमाडौंबीच प्रतिष्पर्धा
वि.सं.२०७८ जेठ १ शनिवार १३:५९



















