कैलालीमा १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी
वि.सं.२०७८ वैशाख १४ मंगलवार १७:०६
1.6K
shares
काठमाडौं: कैलालीमा तीव्र गतिमा कोरोना संक्रमण फैलिन थालेपछि बिहीबारदेखि एक साता निषेधाज्ञा हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले कैलालीमा १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।
मंगलबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्ला प्रशासन कार्यालय कैलालीलाई तत्काल कडा रूपमा लकडाउन गर्न सरोकारवालाहरूले सुझाव दिएका थिए । उनीहरूले सीमा व्यवस्थापन गर्न समेत आग्रह गरेका छन् ।
संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेअनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
यो पनि पढ्नुहोस् ;
नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाइयो
वि.सं.२०७८ वैशाख १४ मंगलवार १७:०६



















