नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाइयो
वि.सं.२०७८ वैशाख १४ मंगलवार १४:५९
1.9K
shares
काठमाडौं: नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नेपाल सरकारले रोक लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको हो ।
अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै वैशाख १५ गते बुधबार मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नपाइने जनाएको हो ।विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै यो निर्णय गरेको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न वैशाख १५ गते २४:०० बजेबाट लागू हुनेगरी रोक लगाइएको विज्ञप्तिमा भनिएको छ।
नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र विदेश जानेहरूका लागि साबिक बमोजिम नै नियमित रहने जनाएको छ ।
यो पनि पढ्नुहोस् :
गुराँस लाइफको कम्पनी सचिवमाबोधलाल पुरी नियुक्त
वि.सं.२०७८ वैशाख १४ मंगलवार १४:५९



















