YouTube Link

नेपालमा कुखुराको मासुको मूल्य साढे ४ सय पुग्यो

Facebook Link

काठमाडौं:  नेपालमा कुखुराको मासुको मूल्य साढे ४ सय पुगेको छ । अहिले किसानको खोरदेखि उपभोक्तासम्म पुग्दा नेपालमा कुखुराको मासुको मूल्य इतिहासकै महँगो भएको हो ।

 

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार हाल काठमाडौंमा प्रतिकेजी बोइलर कुखुराको मूल्य ४ सय ३० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । उपभोक्ताहरुले प्रतिकेजी कुखुराको मूल्य साढे ४ सयभन्दा बढी पनि तिर्नु पर्ने अवस्था छ ।

 

संघले गत आइतबार बेलुकीबाट लागू हुने गरी कुखुराको मासुको प्रतिकेजी ४ सय ३० रुपैयाँ निर्धारण गरेको थियो । जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले बढ्दा मासुको भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

 

संघको आइतबार बसेको बैठकले जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो ३१० रुपैयाँ तोकेको थियो । बजारमा मागको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएपछि जिउँदो कुखुराको मूल्य बढेको संघको भनाई छ ।

 

देशभरमा सबैभन्दा धेरै कुखुराको मासु काठमाडौंमा खपत हुने गर्दछ । काठमाडौंमा दैनिक साढे दुई लाख किलो तयारी मासुको आवश्यकता पर्दछ । यस अघि देशभर दैनिक झण्डै १० लाख किलो कुखुराको मासु उत्पादन एवं खपत हुँदै आएपनि अहिले उत्पादनमा ४० प्रतिशतसम्मले ह्रास आएको संघको दाबी छ ।

 

किसानले बिक्री गरेको मूल्यमा प्रतिकिलो १ सय रुपैयाँ बढीमा उपभोक्ताले कुखुराको मासु खरिद गर्न पाउने चल्ला, दाना, कुखुरा र कोल्ड स्टोर व्यवसायीबीच भद्र सहमति भएको छ। तर, अहिले किसानले बेचेभन्दा डेढ सय रुपैयाँ बढी मूल्यमा उपभोक्ता मूल्य तोकिएपछि किसानहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

 

यो पनि पढ्नुहोस् ;

सभामुख अग्नी सापकोटाविरुद्धको विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइ आज

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...