YouTube Link

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५६० पुग्यो

Facebook Link

काठमाडौं: देशभर पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढ्दै गएको छ ।

 

हाल संक्रमण बढेसँगै काठमाडौं, ललितपुरका साथै १४ जिल्ला अति प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

संक्रमणको दर काठमाडौंमा पनि उच्च देखिएको छ ।

 

एक महिनासम्म शुन्य सक्रिय कोरोना संक्रमित रहेको काठमाडौं महानगरपालिकामा फेरि संक्रमणको संख्यमा ह्वात्तै वृद्धि भएको छ ।

 

काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य विभागका अनुसार हाल महानगरमा ५६० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

 

भारतबाट घर फर्किएकामा पनि देखियो कोरोना संक्रमण

 

डोटीमा रोजगारी गरी भारतबाट घर फर्किएका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४ सय ७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका नागरिकमा कोरोना संक्रमण बढ्ने क्रम देखिएको छ ।

 

स्थानीय तहले भारतबाट घर फर्किएका नागरिकलाई राख्नका लागि क्वारेन्टिनसमेत निर्माण नगरेकाले उनीहरु सिधै आ–आफ्ना घर जान थालेको बताइएको छ ।

 

नागरिक सिधै गाउँ पस्न थालेका कारण यहाँका गाउँघरमा कोरोना संक्रमण बढ्दै जाने तथा पछि गएर कोरोनाले महामारीको रुप लिन सक्नेभन्दा यहाँका गाउँघरमा रहेका नागरिकमा त्रास उत्पन्न हुन थालेको हो ।

 

बालुवाटारमा सर्वदलीय बैठक जारी, बैठकमा प्रचण्ड-नेपाल समूहसँगै बाबुराम-उपेन्द्र पनि अनुपस्थित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...