अनुष्का श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल वर्ल्ड
वि.सं.२०७६ वैशाख २७ शुक्रवार ११:३०
1.5K
sharesकाठमाडौं: यो वर्षको मिस नेपालको उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको उपाधि हात पारेकी हुन् । यस्तै, यो वर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले हात परिन भने ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिको हात पारिन । मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् ।
२५ जना सहभागी मध्ये अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए । यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको लेब्रोटरी स्कुलको प्राङ्गनमा आयोजना गरिएको थियो । यसपटक दर्शकलाई समेत टिकट किनेर कार्यक्रम हेर्ने मौका आयोजकले दिएको थियो ।
‘मिस नेपाल’ आयोजनाको २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो ।
कुन विधामा को विजेता ?
मिस नेपाल वर्ल्ड : अनुष्का श्रेष्ठ
मिस नेपाल युनिभर्स : प्रदिप्ता अधिकारी
मिस नेपाल अर्थ : रिया बस्नेत
मिस नेपाल इन्टरनेशनल : मीरा कक्षपति
मिस नेपाल सुपर नेशनल : रोज लामा
मिस ट्यालेन्ट : प्रदिप्ता अधिकारी
पपुलर च्वाइस : रीया बस्नेत
मिस फ्यासिनो : अनुष्का श्रेष्ठ
मिस कन्फिडेन्स : निशा पाठक
व्यूटी विध प्रपोज : निकिता कर्माचार्य
वि.सं.२०७६ वैशाख २७ शुक्रवार ११:३०