पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएका नेताहरुलाई कारबाही गरि छाड्ने एमालेको सङ्केत
वि.सं.२०७७ चैत १३ शुक्रवार १८:२९
1.4K
shares
काठमाडौं: पार्टी हितविपरीत गतिविधि गरेको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका कुनैपनि शर्त मान्य नहुने भन्दै स्पष्टीकरण सोधिएका नेताहरुमाथि कारबाही गरेरै छोड्ने सङ्केत गरेका छन् ।
आज बसेको संसदीय दलको बैठकमा झलनाथ खनालसहितका नेताहरुले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने माग गरेपछि ओलीले जवाफ दिने क्रममा सो सङ्केत गरेका हुन् ।
अध्यक्ष ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँग पनि छलफल नहुने अडान दोर्याउँदै एमाले २०७५ जेठ २ मै फर्किएको दाबी समेत गरेका छन् ।
माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरूको व्यवस्थापनमात्र भएको ओलीको भनाइ छ ।
ओलीले माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोधेको भन्दै माधव नेपाल र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले कारबाहीको भागीदार हुने स्पष्ट पारेका छन् ।
वि.सं.२०७७ चैत १३ शुक्रवार १८:२९




















