नेकपा एमालेको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु
वि.सं.२०७७ चैत ४ बुधवार १०:०४
2.2K
shares
काठमाडौं: नेकपा एमालेको माधव नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेला आज शुरु हुँदैछ ।
ललितपुरको सानेपास्थित हेरिटेज ब्याक्वेटमा आज र भोलि आयोजना हुने भेलामा देशभरका दुई हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने एमालेका सचिव योगेश भट्टराईले बताए ।
माधव नेपाल पक्षको भेलामा अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाइने र लिखित दस्तावेजमाथि छलफल पनि हुने नेताहरुले बताएका छन् ।
माधव नेपाल पक्षले एमाले सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएकाले माओवादीसँग एकीकरणअघिकै संरचनामा पार्टी फर्किनुपर्ने बताएको छ ।
संस्थापन पक्षले फागुन २८गते विशेष केन्द्रीय कमिटी बैठकबाट गरेका निर्णय नमान्ने अडान नेपाल पक्षको छ ।
यसैबीच अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आजको भेलामा सहभागी नहुन कार्यकर्तालाई आह्वान गरेका छन् ।
भेला आयोजना गर्ने र सहभागी हुनेमाथि कारवाही गरिने चेतावनी समेत महासचिव पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
भारतविरुद्धको तेस्रो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डद्वारा भारत ८ विकेटले पराजित
रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश
म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा
वि.सं.२०७७ चैत ४ बुधवार १०:०४




















