YouTube Link

प्रचण्ड-नेपाल समूहको निर्णय, अलग-अलग भएर जाने

Facebook Link

काठमाडौं: साविक नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ ।

पेरिसडाँडामा बसेको बैठकबारे जानकारी गराउँदै वरिष्ठ नेता झलनाथ खनालले आ-आफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष निकालेको बताए ।

यसैगरी प्रवक्ता नारायणकाजी श्रेष्ठले माओवादी र एमाले अलग भएर जाने निर्णय भएको बताए ।

उनले भने, नयाँ ढंगको एकीकरणको पहल भयो भने त्यही ढंगको भयो । माओवादी र नेकपा एमालेको प्रक्रिया अघि बढ्नेछ । यद्यपी निर्वाचन आयोगले पत्र लेखेपछि आयोगमा गएर नै प्रक्रिया प्रारम्भ हुन्छ ।’

बैठकले २०७५ जेठ ३ गते भएको एकीकरणपछि निर्माण भएको नेकपाको उद्धेश्यका बारेमा गम्भिरतापूर्वक अघि बढ्ने संकल्प गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरु सहभागी थिए ।

नेकपा नाम सम्बन्धी विवादमा आइतबार सर्वोच्च अदालतले फैसला सुनाउँदै ऋषी कट्टेललाई नाम दिएपछि एमाले र माओवादी केन्द्र ब्युँतिएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...