रामेछाप उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार अस्पताल भर्ना
वि.सं.२०७७ फागुन २४ सोमवार १८:५८
1.7K
shares
काठमाडौं: रामेछाप उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
ललितपुरस्थित गणेशमान मेमोरियल अस्पतालमा उपचारत सुनुवारले सामाजिक सञ्जाल मार्फत आफू बिरामी हुँदा गाउँपालिकाबाट प्रवाह हुने सेवामा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् ।

शरीरको जिउ पोल्ने र हल्का छात्तिमा समस्या देखिएकाले डाक्टरको सल्लाह अनुसार एक हप्ता जति आरामको जरुरत भएको उनले बताए ।
स्वास्थ्यमा समस्या भएपनि गाउँपालिकामै बसेर सेवा दिँदै आएको तर अस्पताल नै भर्ना हुनु परेपछि केही दिन अस्पतालमै बस्नुपर्ने भएकोले अब छिट्टै स्वास्थ भएर गाउँपालिकावासीको सेवामा फर्किने उनले भेटका क्रममा बताए ।
वि.सं.२०७७ फागुन २४ सोमवार १८:५८


















