YouTube Link

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

World Cup 2026
Facebook Link

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

गत पुस ५ गते विघटित प्रतिनिधिसभा यही फागुन ११ गते सर्वोच्च अदालतबाट पुनर्स्थापित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले फैसलाको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको थियो ।

आज बैठक सबैले चासोका साथ हेरेका छन् । सत्तारुढ दल नै दुई गुटमा विभाजन भइरहेको अवस्थामा सरकार र नेकपाकै अर्को गुट कसरी प्रस्तुत हुन्छ भन्ने विषय सबैको चासो बनेको हो ।

बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, त्यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यतालिका छन् ।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन् । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” पेश गर्नेछन् ।

गृहमन्त्री रामबहादुर थापाले विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ । फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ उनले पेश गर्नेछन् ।

यसैगरी, सभामुखले शोक प्रस्तावसमेत पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।

अविश्वास प्रस्तावको तयारी

नेकपाको प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी थालेको छ ।

यो समुहको संसदीय दलको बैठकले प्रधानमन्त्रीको राजीनामा नआएको अवस्थामा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।

प्रचण्ड-नेपाल समहुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र नयाँ सरकार गठनका बारेमा आवश्यक निर्णय गर्ने लगायतको अधिकार सचिवालयका नेताहरूलाई दिएको छ ।

अविश्वास प्रस्ताव आए सामना

नेकपाको ओली समुहले प्रधानमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए सामना गरेर अघि बढ्ने निर्णय गरेको छ ।

यस समुहको शनिबार भएको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । संसदीय दलमा आफ्नो बहुमत रहेको यस समुहको दाबी छ ।

बैठकले प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नसक्ने आधार समेत नरहेको निष्कर्ष निकालेको छ ।

कांग्रेसको रणनीति

प्रतिनिधि सभाको बैठकमा कुन दल कसरी प्रस्तुत हुन्छ भन्ने मुख्य चासो रहेको छ । मुख्य विपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेकपाको आगामी हैसियतका आधारमा रणनीति बनाउने भएको छ ।

कांग्रेस संसदीय दलको बैठकले नेकपा विभाजन नभइसकेको अवस्थामा विश्वासको मत वा अविश्वासको प्रस्ताव कसरी आउँछ भन्ने विषय नै अन्यौलमा रहेको भन्दै उपुयुक्त समयमा निर्णय लिने भनेको छ ।

जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्रीको राजीनामा, विश्वासको मत वा अविश्वासको प्रस्तावबारे कुनै निर्णय गरेको छैन ।

हेर्नुहोस् तपाईको आज २०७७ फागुन २३ गते आईतबारको तपाईको राशिफल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...