Texas College
YouTube Link

आज गुरुङ समुदायको प्रमुख चाड तमु ल्होसार पर्व मनाईदै

Facebook Link

काठमाडौं: नयाँ वर्षको स्वागतसहित गुरुङ समुदायले आज मुख्य पर्व तमु ल्होसार मनाउँदैछन् ।

गुरुङ भाषा अनुसार ‘ल्हो’ लाई वर्ष र ‘सार’लाई फेरिनुको अर्थ हुने भएकाले यो पर्वको नाम ल्होसार रहन गएको हो ।

आज तमु समुदायले मुसा वर्गलाई विदाई गरी गाई वर्ग अर्थात् नयाँ वर्षको स्वागत गरेका छन् ।

तमु संस्कृति अनुसार आजको दिनमा सामुहिक भोज तथा सांस्कृतिक कार्यक्रम गरेर पर्व मनाउने गरिन्छ । तमु ल्होसार सूर्यको किरणसँग पनि सम्बन्धित रहेको बताइएको छ ।

यो वर्षको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । नेपालका विशेषगरी गण्डकी प्रदेशका अधिकांश जिल्लामा गुरुङ समुदायको मुख्य बसोबास छ ।

काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले हरेक वर्ष टुँडिखेलमा पुगेर शुभकामना आदानप्रदान गरी पर्व मनाउने गरेकोमा यस वर्ष सबैले आआफ्नो घरमा बसेर पर्व माउनेछन् ।

तमु ल्होसारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन् । उनले तमु (गुरुङ) समुदायको नयाँ वर्ष र प्रमुख चाडको अवसरमा संसारभर रहेका गुरुङहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...