YouTube Link

तिहारपछि टेष्टको दायरा बढाउँदै कोरोना भाइरस न्यूनिकरणका लागि कडा लकडाउनको प्रस्ताव

Facebook Link

काठमाडौं: कोरोना भाइरस महामारी (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भएको छ ।

पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना भइरस संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा छलफल समितिका संयोजक समेत रहेका उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करीब पाँच घण्टा लामो छलफल भएको हो ।

‘पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ भन्ने लगायतका विषयमा केन्द्रित भएर छलफल गरेका छौँ,’ उपत्यका नगरपालिका फोरमका सचिव समेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले भने, ‘उपत्यकामा पछिल्लो समय बढी रहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल बढी केन्द्रित भयो ।’

उनले तिहार, छठ लगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा समेत छलफल भएको जानकारी दिए । ‘अहिले नै निर्णय त भएको छैन तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरी टेष्टको दायरा अझै फराकिलो बनाउने जस्ता विषयमा पनि छलफल भएको छ ।’ त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्ने विषयमा प्रभावकारी छलफल भएको उनले जानकारी दिए ।

बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरहरुलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए ।

पछिल्लो समय मुलुकभरिको संक्रमण तथ्याङ मध्ये करीब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नु पर्ने धारणा सीसीएमसीका तर्फबाट उठेको थियो ।

स्थानीय तहबाट प्रभावकारी रुपमा जनचेतना मुलक कार्य गर्ने, स्थानीय तह परिचालित भै घरदैलो कार्यक्रम गर्नेलगायतका विषयमा पनि छलफल भएको थियो । त्यसैगरी कोरोना संक्रमितको मृत्यु दर घटाउने, सामान्य लक्षण देखिएका संक्रमितलाई सकेसम्म होमआइसोलेसन र गम्भीर विरामीलाई मात्रै अस्पताल लैजानेलगायतका विषयमा पनि सबै स्थानीय तहबाट समन्वय हुनुर्ने जस्ता विषयमा पनि छलफल भएको मेयर श्रेष्ठले जानकारी दिए ।

छलफलमा संघ र स्थानीय तहबीच समन्वय अभावमा पीसीआर टेष्ट गर्ने, कोरोना संक्रमितको निशुल्क उपचार गर्नेलगायतका विषयमा पनि अन्योलता छाएको भन्दै मेयरहरुले आगामी दिनमा समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...