नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशवासीको नाममा सम्बोधन
वि.सं.२०७६ वैशाख १ आइतवार ०९:२७
810
sharesकाठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्नुभएको छ । नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको आर्थिक विकासका लागि तिव्र गतिको दौड आवश्यक रहेको बताउनुभएको छ ।
देशको विकासका लागि सबैको सक्रियता आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले विकासका हिसावमा नेपाल अरु देशभन्दा पछि परेकोले उनीहरुलाई भेट्न र उछिन्नका लागि विकासको गतिमा दौडाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले समयको हेक्का राख्न सबैमा आग्रह गर्दै देश विकासका लागि अनगिन्ती कामहरु रहेको भन्दै सक्रिय हुन सबैमा आग्रह गर्नुभयो ।
गत वर्ष कानून, शुसासन लगायतको आधार वर्षको रुपमा रहेको बताउँदै उहाँले त्यही आधारमा टेकेर नयाँ वर्षमा विकास र समृद्धिको बाटोमा बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघीयता नेपालका लागि नयाँ अभ्यास भएका कारण केही अलमल भएको भन्दै प्रधानमन्त्री ओलीले अहिले तीनै तहको सरकारले एक वर्षको अवधिमा सिक्दै र कमी कमजोरीलाई चिर्दै अघि बढेको बताउनुभयो । आफ्ना मात्र श्रोत साधनले विकास गर्न ढिला हुने भएकाले मित्रहरुको सहयोग खोजेको र त्यसैका लागि केही समय अघि लागनी सम्मेलनको आयोजना गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
सरकारका कामबाट निराश हनुपर्ने अवस्था नभएको भन्दै उहाँले सरकारले के गर्यो र भन्ने प्रश्नलाई फेर्नुपर्ने बताउनुभयो । सरकारको कामले जनताको जीवनस्तरमा ल्याएको परिवर्तन जनताले स्वतः महसुस गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।
वि.सं.२०७६ वैशाख १ आइतवार ०९:२७