YouTube Link

विपक्षीको सहयोगका बाबजुत सरकार पूर्ण असफल भैसकेको नेपाली कांग्रेसको निश्कर्ष

Khanepani Dhal
Facebook Link

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको अघिल्लो वर्ष २०७५ सालको बार्षिक समिक्षा गर्दै दुई तिहाइको सरकारले समृद्दिको ठुलो आशा बाढेपनि आसा अनुरुप कुनै कार्यसम्पादन गर्न नसकेको बताएको छ । संघियता कार्यान्वयन, शान्ति सुरक्षा, भ्रष्टचार लगायत मुख्य मुद्दामा सरकारको एक बर्ष पुर्णत असफल भएको दाबी गरेको छ ।

कांग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर दुई तिहाइ नेतृत्वको केपी ओली सरकारको समिक्षा गर्दै प्रतिपक्षी कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले गएको बर्ष प्रतिपक्षीले सरकारलाई संमृद्धिको लागि सबै प्रकारका सहयोग गर्दापनि सरकारले संघीयताको कार्यान्वयनका कुनै पहल गर्न नसकेको, शान्ति सुरक्षा कायम गराउन भन्दापनि हत्यारा जोगाउन अग्रसर देखिएको, प्रदेश र स्थानिय तहामा अधीकार पठाउनुको साटो उल्टै केन्द्रमा शक्ति केन्द्रित गर्दै गरेको आरोप लगाएका छन् ।

उपसभापति बिमलेन्द्र निधिले पनि सरकारले बर्षैभरि देशमा अलोकतान्त्रिक काम गरेको बताए । संबैधानिक परिषद् न्याय परिषद् लगायतका क्षेत्रमा संसदिय प्रक्रिया मिचेर सरकार अघि बढिरहेको उपसभापति निधिको आरोप छ । साथै उनले संघीयता बिरोधि मानसिकता प्रकट गरेको भन्दै सरकारले परराष्ट्र मामिलामा असन्तुलन ल्याएको पनि बताएका छन् ।

भ्रष्टाचारमा शून्य सहनसिलता अपनाउछू बन्ने सरकार आफै भ्रष्टाचारमा ढुबेको बताएको छ । मेलम्ची सरकारको कमिसनको कारण अबरुद्ध भएको बताउदै कांग्रेसले बुढिगण्डकी जलसययुक्त बिद्युत आयोजना, वाइडबडि बिमान लगायत ठुला भ्रष्टाचार गरेको आरोप समेत लगाएको छ । सारांसमा केपी ओलिको सरकारलाई प्रतिपक्षी नेपाली कांग्रेसले अलोकतन्त्रिक र असफल सरकारको उपमा दिएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४९

काठमाडौं: सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि...

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं: उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको...

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

वि.सं.२०८२ असार ५ बिहीवार ११:३२

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र...

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

वि.सं.२०८२ असार ४ बुधवार १८:२०

काठमाडौं: नेपाल विद्यार्थी संघ  र नेपाल तरुण दल स्याङ्जाका  पूर्व...

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

वि.सं.२०८२ असार ४ बुधवार ०८:०७

काठमाडौं: ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने भएको छ ।...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार ४ बुधवार ०७:४६

काठमाडौं: हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग...