YouTube Link

पोखराबाट नेपाल भ्रमण वर्ष-२०२० शुरु, महत्वाकांक्षी २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

Facebook Link

पोखरा: गण्डकी प्रदेशको राजधानी पोखराबाट नेपाल भ्रमण वर्ष-२०२० शुरुवात भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भ्रमण वर्ष औपचारिक उद्घाटन गरे ।

महत्वाकांक्षी २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्ष सुरु भएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले समृद्धिको आधार पर्यटनलाई मानेर प्रदेश सरकारले आफ्ना गतिविधि अगाडि बढाइरहेको बताए ।

नेपाल भ्रमण वर्ष सफल बनाउन चालु आर्थिक वर्षको बाँकी ३ महिनाका लागि खर्च गर्न मिल्ने गरी सरकारले १० करोड रुपैयाँ दिएको छ । यो रकमले तीन महिना अवधिमा प्रवर्द्धनका कामदेखि केही पूर्वाधार बनाउन समेत खर्च गरिने छ । पर्यटनमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल भित्राउन सम्मेलन गर्ने तयारी पनि गरिएको छ ।

त्यस्तै भारतका विभिन्न सहरमा माइस टुरिजमका लागि प्रवर्द्धनका कार्यक्रम पनि गर्ने तयारी भइरहेको छ । नेपाल पर्यटन बोर्डले पनि प्रवर्द्धनको अभियान चलाएको र त्यसमा सहकार्य गर्ने योजना रहेको बताइएको छ । नेपालमा भित्रिने पर्यटकलाई आवश्यक जानकारी दिन नेपाल र भारतका सिमा नाकासहित सात ठाउँमा ‘नमस्ते सेन्टर’ बनाउने तयारी छ ।

पोखरासहित काकरभिट्टा, जनकपुर, बिराटनगर, भैरहवालगायत ठाउँमा पर्यटकलाई स्वागत सत्कार गर्न मिल्ने गरी नमस्ते सेन्टर बन्नेछन् । एउटा सेन्टर बनाउन कम्तीमा ५० लाख रुपैयाँ खर्च लाग्नेछ । ती सेन्टरको व्यवस्थापन स्थानीय सरकार मार्फत गरिने जनाइएको छ ।।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...