YouTube Link

पोखराबाट नेपाल भ्रमण वर्ष-२०२० शुरु, महत्वाकांक्षी २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

Facebook Link

पोखरा: गण्डकी प्रदेशको राजधानी पोखराबाट नेपाल भ्रमण वर्ष-२०२० शुरुवात भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भ्रमण वर्ष औपचारिक उद्घाटन गरे ।

महत्वाकांक्षी २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्ष सुरु भएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले समृद्धिको आधार पर्यटनलाई मानेर प्रदेश सरकारले आफ्ना गतिविधि अगाडि बढाइरहेको बताए ।

नेपाल भ्रमण वर्ष सफल बनाउन चालु आर्थिक वर्षको बाँकी ३ महिनाका लागि खर्च गर्न मिल्ने गरी सरकारले १० करोड रुपैयाँ दिएको छ । यो रकमले तीन महिना अवधिमा प्रवर्द्धनका कामदेखि केही पूर्वाधार बनाउन समेत खर्च गरिने छ । पर्यटनमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल भित्राउन सम्मेलन गर्ने तयारी पनि गरिएको छ ।

त्यस्तै भारतका विभिन्न सहरमा माइस टुरिजमका लागि प्रवर्द्धनका कार्यक्रम पनि गर्ने तयारी भइरहेको छ । नेपाल पर्यटन बोर्डले पनि प्रवर्द्धनको अभियान चलाएको र त्यसमा सहकार्य गर्ने योजना रहेको बताइएको छ । नेपालमा भित्रिने पर्यटकलाई आवश्यक जानकारी दिन नेपाल र भारतका सिमा नाकासहित सात ठाउँमा ‘नमस्ते सेन्टर’ बनाउने तयारी छ ।

पोखरासहित काकरभिट्टा, जनकपुर, बिराटनगर, भैरहवालगायत ठाउँमा पर्यटकलाई स्वागत सत्कार गर्न मिल्ने गरी नमस्ते सेन्टर बन्नेछन् । एउटा सेन्टर बनाउन कम्तीमा ५० लाख रुपैयाँ खर्च लाग्नेछ । ती सेन्टरको व्यवस्थापन स्थानीय सरकार मार्फत गरिने जनाइएको छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...