YouTube Link

नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले बुझायो प्रधानमन्त्रीलाई १९ बुँदे ध्यानाकर्षणपत्र

Facebook Link

काठमाडौं: कोभिड-१९ बाट प्रभावित श्रमिकका समस्या समाधान गर्न आग्रह गर्दै नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

विभाग प्रमुख शिवप्रसाद हुमागाईले सोमबार प्रधानमन्त्रीलाई १९ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन । ध्यानकर्षणपत्र बुझाएपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रमिक तथा ट्रेड युनियन विभागले उठाएका मुद्दालाई सम्बोधन नगरे श्रमिक तथा मजदुरका लागि आन्दोलित हुने विभाग प्रमुख शिवप्रसाद हुमागाईले बताएका छन् ।

कोरानाका कारण रोजगारी गुमाएका १० लाख भन्दा बढी श्रमिकले अनुभुत गर्न सक्नेगरी सरकारले केही नगरेको आरोप लगाउदै विभागले श्रमिकलाई नियमित भुक्तानी दिलाउन र चाडपर्व खर्च स्वरुप प्रतिपरिवार १० हजार उपलब्ध गराउन माग गरेको छ । बिभागले श्रमिकबाट उठाइएको १ प्रतिशत सामाजिक सुरक्षा कोषको रकमले रोजगारी गुमाएका श्रमिक वर्गका लागि राहत उपलब्ध गराउन माग गरेको हो ।

श्रमजिवी पत्रकारलाई न्यूनतम पारिश्रमिक र कोरोना राहत उपलब्ध गराउन समेत विभागले माग गरेको छ । विदेशमा अलपत्र परेका श्रमिकको उद्दार र व्यवस्थापन गर्न तत्काल सरकारले तदारुकता देखाउनुपर्ने बिभागको माग छ ।

हाल गर्दै आएको कोरोना परिक्षणलाई दैनिक ४० हजार पुर्याउन र संक्रमितलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न समेत विभागले ध्यानाकर्षण गराएको छ । संक्रमितका कारण दीर्घरोगी र अन्य रोगीले समेत उपचार नपाएकाले वेग्लै उपचार गर्ने अस्पतालको व्यवस्था गर्न भनिएको छ । कोभिडको वहानामा सरकारले दैनिक प्रशासनिक काम समेत रोकेको र भ्रष्टाचार मौलाउन प्रोत्साहन गरेको कांग्रेसको आरोप छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...