प्रदेश ५ को प्रदेशसभा बैठक विपक्षीदलको नाराबाजीका बीच चल्दै
वि.सं.२०७७ असोज १९ सोमवार १५:४८
1.5K
shares
वुटवल : प्रदेश ५ को स्थायी राजधानीको विषयमा बसिरहेको बैठक विपक्षी दलका प्रदेशसभा सदस्यहरुको अवरोधका बीच चलिरहेको छ ।
कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका थिए ।
जसअनुसार कानुनमन्त्री केसीले प्रस्ताव छलफलका लागि पेश गरिसकेका छन् ।
यसबीचमा नेपाली कांग्रेसका प्रदेशसभासदस्यहरुले केही कुर्ची तोडफोड समेत गरेका छन् । र, अहिले पनि नाराबाजी लगाईरहेका छन् ।
नेपाली कांग्रेसका प्रदेशसभासदस्यहरुले अवरोध गरेपनि वैठक चलिरहेको छ ।
प्रदेशको स्थायी राजधानी र नाम लुम्विनी राख्ने गरी प्रस्ताव भएको थियो । त्यो कुराको विरोध गर्दै वुटवलमा आन्दोलन चर्किैदै गएको छ ।
वि.सं.२०७७ असोज १९ सोमवार १५:४८




















