YouTube Link

कांग्रेसलाई ‘ट्रयाक’मा ल्याउन कोषाध्यक्षको सम्मेलन पोखरामा

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलन चैत २८ र २९ गते पोखरामा हुने भएको छ । चैतको पहिलो साता बसेको राष्ट्रिय कार्यसमितिको बैठकले सम्मेलनको मिति र स्थान तय गरेको हो ।

कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले सम्मेलनले पार्टीलाई एक ढिक्का बनाउन पहल गर्ने बताए । ‘यो सम्मेलन औपचारिकतामा मात्र सकिँदैन, यसले केही नयाँ सन्देश दिने छ’ पुडासैनीले भने- ‘कोषाध्यक्षहरु एक भएका छौं, साझा एजेण्डा लिएर हिड्छौं, पार्टीलाई पनि गुटबन्दी नगर्न र सिंगो कांग्रेस भनेर चिनिन र चिनाउन सुझाव दिन्छौं ।’

पुडासैनीले देशैभर कांग्रेस कमजोर नभएको तर आन्तरिक कारणले कमजोर भएजस्तो देखिएकाले पार्टीभित्र आमूल परिवर्तनको खाँचो भएको बताए । उनले वर्तमान सरकार कमजोर भइसकेकाले अब हुने उपनिर्वाचनमा कांग्रेसको ‘पावर’ देखिने समेत प्रष्ट पारे ।

चैत्र २८ गते पोखरा सभागृहमा सम्मेलनको उद्घाटन हुने कार्यसमितिका कोषाध्यक्ष रेशम गुरुङले बताए । गुरुङले पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्ने र अरु प्रमुख नेताको समेत सहभागिता हुने बताए । ‘अब हामी सबै नेतालाई एकै ठाउँमा राखेर पार्टी मिल्नुपर्छ भन्ने सन्देश दिन्छौं, कांग्रेस किन कमजोर भयो भन्ने प्रश्नको जवाफ खोजिनुपर्छ’ गुरुङले भने ‘अब पनि आन्तरिक समस्या नमिलाउने हो भने आगामी दिनमा पार्टी चल्न सक्दैन, विपक्षीको सरकार कमजोर भएका बेला कांग्रेसले झन् सक्रियता देखाउनुपर्छ ।’

कांग्रेसलाई सशक्त बनाउनका लागि कोषाध्यक्षको सम्मेलन प्रभावकारी हुने गुरुङले बताए । उनले अरु पार्टीले गलत गरेको आफू बलियो हुनेभन्दा पनि आफ्नै संगठन र मिहनेतले जित्छु भन्ने सोच्न कांग्रेसलाई आग्रह गरे । ‘पार्टीलाई चलायमान र सुदृढिकरण गर्न सम्मेलनको महत्वपूर्ण भूमिका रहनेछ’ कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले भनिन् ‘हामीले यसअघि गरेका कार्यक्रमले पनि पार्टीलाई बलियो बनाउने काम गरेको छ, सम्मेलनबाट कोषाध्यक्षले आफ्नो भूमिका पनि खोज्ने छन् ।’

सम्मेलनले विदेश पलायन भएका युवाहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दवाव दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशन मार्फत अघि बढाउन पनि नेतृत्वलाई ध्यानाकर्षण गरिने बताइएको छ । सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने भएको छ ।

धादिङका कांग्रेस कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले कांग्रेसप्रति जनताको विश्वास बढदै गरेको भएपनि पार्टी नेतृत्वको कमजोरीका कारण तल्लो तहसम्म असर गरेकाले विभिन्न निर्वाचनमा पराजय हुनुपरेको बताए । उनले कोषाध्यक्षको निरन्तर बैठक र दबाबले पार्टीलाई सही मार्गमा लाने प्रेरणा दिने बताए । ‘पार्टीमा मेरो र तेरो भन्ने संस्कृति हावी छ, सबैले कांग्रेस भन्ने वातावरण बनाउन पनि दबाब दिन्छौं’ सापकोटाले भने ।

पोखरामा सम्पन्न तयारी बैठकले देवेन्द्र रानाभाटको संयोजकत्वमा मञ्च व्यवस्थापन, लक्ष्मी पाण्डेको संयोजकत्वमा अर्थ व्यवस्थापन, नबिन सिग्देलको संयोजकत्वमा प्रचारप्रसार, ओमप्रकाश गुरुङको संयोजकत्वमा स्वयंसेवक परिचालन, केवल गिरीको संयोजकत्वमा भोजन व्यवस्थापन र लक्ष्मण पहारीको संयोजकत्वमा आवस व्यवस्थापन समिति गठन गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...