YouTube Link

किरात चलचित्रकर्मी संघको विशेष प्रदर्शनी कार्यक्रम सम्पन्न

Facebook Link

काठमाडौं: किरात राई चलचित्र प्रदर्शन, पुस्तक विमोचन तथा सम्मान र क्यामेरा प्रशिक्षणको विशेष कार्यक्रम हालै सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा प्रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई साक्षी राखी किरात राईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरी निर्माण गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

 

 

आम किरात राईहरुको उपस्थितिमा किरात राई चलचित्रकर्मी संघ र चलचित्र बिकास बोर्ड आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको बिशेष सहयोगमा निर्मित ६ वटा लघु मातृभाषी चलचित्रहरु ज्योती राईद्धारा निर्देशन गरिएको ‘पुवालो’, सन्त कुमार राईद्धारा निर्देशन गरिएको ‘ढ्वाङमुम’, भुवनसिंह राई र निश्चल सापकोटाद्धारा निर्देशन गरिएको ‘नागा’, पुर्खाजित राई र युवराज राई (वीर ब.)द्धारा निर्देशन गरिएको ‘फुङलाम’, नैन राई जेरुङको निर्देशन रहेको ‘ब्याःसा’ र सुमन राईद्धारा निर्देशन गरिएको ‘रिचिबुङ’, आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा प्रकाशित किरात राई चलचित्रको रुपरेखा पुस्तक विमोचन, किरात राई चलचित्रको क्षेत्रमा योगदान पुर्याउने पाँच जना ब्यक्तित्वहरुलाई सम्मान तथा चलचित्र विकास वोर्ड आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको आर्थिक सहयोगमा सञ्चालन गरिएको तीन दिने विशेष क्यामरा प्रशिक्षण कार्यक्रमको समापन गरिएको कार्यक्रमका आयोजक पुर्खाजित राईले जानकारी दिए ।

 

 

कार्यक्रममा किरात राई चलचित्रकर्मी संघका संरक्षक राज कुमार राईलाई विशेष सम्मान-पत्रबाट सम्मान गरिएको थियो भने संघका संस्थापक अध्यक्ष परशुराम राई (प्रविण पुमा), संस्थापक सदस्य पविता पुमा, विशिष्ट सदस्य शन्त कुमार राई र चलचित्र निर्देशक अरुण कुमार प्रधानलाई कार्यक्रमका प्रमुख आतिथि वोर्ड अध्यक्ष केशव भट्टराईले फेटा लागाई सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा ६ वटा लघु चलचित्रका निर्देशक, क्यामरा प्रशिक्षणमा सहभाथी प्रशिक्षार्थीहरुलाई कदर-पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमा चलचित्र निर्देशक मिलन चाम्सले किरातराईहरु एक ठाउँमा उपस्थित भई अबको दिनहरुमा आफ्नो समुदायको निम्ति चलचित्र निर्माण गर्नु पर्ने बताए । कार्यक्रममा पहिलो राई चलचित्र निर्देशक डिक बान्तावा, कवि तथा गीतकार भुपाल राई, सल्लाहाकर जितेन राई, अभियन्ता पृथ्वी मुकारुङ, यस ब. राई, भाषविद डा. तरामणी राईहरुले शुभकामना ब्यक्त गरेका थिए ।

आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले आदिवासी चलचित्रको प्रवर्द्धन गर्न सरकारको ध्यान जानु पर्ने बताए । त्यस्तै संरक्षक तथा विशेष सम्मानबाट सम्मानित राज कुमार राईले किरात राई चलचित्रमा लगानीको खाँचो रहेको र त्यसको लागि किरात राई समुदायको भुमिका अपरिहार्य भएको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केशव भट्टराईले आफु बोर्ड अध्यक्ष आएपछिको पहिलो प्रमुख अतिथिको रुपमा उपस्थित भएको भन्दै विकास वोर्डमा आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति रहेको बताउँदै नेपालमा बोलिने सबै राष्ट्रभाषामा निर्माण हुने चलचित्रको हितका लागि काम गर्ने बताउदै कार्यक्रमको शुभकामना ब्यक्त गरे ।

 

 

चलचित्र बिकास वोर्ड आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको आर्थिक सहयोगमा सञ्चालित बिशेष ब्यामरा प्रशिक्षण कार्यक्रको समापन साथै किरात राई चलचित्र सम्वन्धी सम्पूर्ण विषयहरुलाई समेटी तयार पारिएको “किरात राई चलचित्रको रुपरेखा” नामक पुस्तक समेत बिमोचन गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै किरात राई चलचित्र संघका अध्यक्ष केशव राईले आफ्नो कार्यकालमा ४ वटा लघुचलचित्र निर्माण गर्ने भनिएता पनि ६ वटा निर्माण गरिएको र “किरात राई चलचित्रको रुपरेखा” नामक पुस्तक प्रकाशन गरेको र किरात राई चलचित्र नगरि निर्माणको अवधारणा समेत अघि सारिएको जानकारी गराए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...